काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२६’ का लागि ४२ प्रतियोगी फाइनल चरणमा छनोट भएका छन् । विभिन्न चरणमा सम्पन्न अडिसनबाट २६ महिला र १६ पुरुष गरी ४२ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका हुन् । प्रतियोगिताको यो १०औं संस्करण हो ।
छनोट भएका प्रतियोगीले एक महिनासम्म व्यक्तित्व विकास, शारीरिक प्रस्तुति, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेस्नलगायत विषयमा व्यावसायिक ग्रुमिङ तथा प्रशिक्षण प्राप्त गर्ने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो । प्रशिक्षणपछि उनीहरू फाइनल प्रतिस्पर्धामा सहभागी हुनेछन् ।
नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँबराबरको पुरस्कार प्राप्त गर्नेछन् । साथै आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि विजेताले पाउनेछन् ।
धमलाले उचित ज्ञान, सीप र व्यावसायिक प्रशिक्षणसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता विगत दश वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको बताउनुभयो ।
पछिल्ला वर्षहरूमा युवायुवतीको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको उल्लेख गर्दै उनले मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने प्रतिभाका लागि प्रतियोगिता प्रभावकारी प्लेटफर्म बनेको विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जुलाई २४ (साउन ८) गते आयोजना हुने आयोजकले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी