काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रहरूको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जीतबहादुर’ र ‘जाँड’को आइतबारसम्मको व्यापार विवरण सार्वजनिक गरेको हो । बोर्डका अनुसार वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको ‘लालीबजार’ले हालसम्म तीन लाख १७ हजार १२ टिकट बिक्री गर्दै नौ करोड ३२ लाख नौ हजार ९२५ रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्रले यसअघि नै प्रदर्शनको ५१ दिन पूरा गरिसकेको छ ।
जेठ १५ गतेदेखि प्रदर्शनमा आएको ‘रोल नं. १’ ले ६९ हजार १६६ टिकट बिक्रीबाट एक करोड ७४ लाख ८५ हजार ६५८ रुपैयाँ ग्रस कमाइ गरेको बोर्डले जनाएको छ । त्यस्तै, ‘आई एम जीतबहादुर’ ले नौ हजार ७४२ टिकट बिक्री गर्दै ३१ लाख ३६ हजार ११२ रुपैयाँ ग्रस कमाएको छ ।
असार १२ गतेदेखि प्रदर्शनमा आएको ‘जाँड’ को व्यापार भने अपेक्षाकृत कमजोर देखिएको छ । बोर्डका अनुसार चलचित्रले ५६९ टिकट बिक्रीबाट एक लाख १६ हजार ६४५ रुपैयाँमात्र ग्रस कमाइ गरेको छ । पछिल्लो साताको व्यापार हेर्दा ‘लालीबजार’ ले थप ३२ हजार २३५ रुपैयाँ कमाएको छ । अघिल्लो सातासम्म यसको कुल ग्रस कमाइ नौ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ रहेको थियो ।
त्यसैगरी, ‘रोल नं. १’ ले पछिल्लो सातामा पाँच लाख ८९ हजार ७२० रुपैयाँ थप कमाएको छ । अघिल्लो सातासम्म यसको कुल ग्रस कमाइ एक करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ थियो । ‘आई एम जीतबहादुर’ले पनि पछिल्लो सातामा २८ हजार ४२० रुपैयाँ थप कमाएको छ । यसअघि यसको कुल ग्रस कमाइ ३१ लाख सात हजार ६९२ रुपैयाँ रहेको थियो । ‘जाँड’ को भने पहिलोपटक बक्स अफिस विवरण सार्वजनिक गरिएको हो ।
अहिले अधिकांश नेपाली चलचित्र प्रदर्शनबाट हटिसकेका छन् । नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआएका कारण देशभरका अधिकांश सिनेमाघरमा विदेशी चलचित्रले प्रदर्शनको अवसर पाएका छन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि