काठमाडौं । कवि, गीतकार एवं पत्रकार सनत गिरी ‘गाउँले’द्वारा लिखित कवितासंग्रह ‘आशु कहिल्यै रित्तिँदैन’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभू घिमिरेले उक्त कविता संग्रहको विमोचन गर्नु भएको हो । साथै सोही कार्यक्रमका आयोजक संस्था राष्ट्रिय यात्रा सप्ताहिकद्वारा स्थापित राष्ट्रिय यात्रा विशेष पत्रकारिता पुरस्कार-२०८३ द्वारा वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटालाई सम्मानित गरिएको थियो । पुरस्कारको राशी पाँच हजार रुपैयाँ रहेको थियो । देवकोटालाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति घिमिरेले पुरस्कार अर्पण गर्नु भएको थियो ।
सोही कार्यक्रमबीच विभिन्न व्यक्तित्वलाई राष्ट्रिय यात्रा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रष्ठिानका पूर्वउपकुलपति विष्णुविभू घिमिरेले सम्मानित विभिन्न व्यक्तिलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । सम्मानित हुनेहरूमा देव ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत नवीन सिलवाल, वरिष्ठ अधिवक्ता चन्द्र काफ्ले, वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ गोकर्णराज सिटौला, समाजसेवी तथा राजनीतिज्ञ राजकुमार जोशी, रेडियो मिरमिरे ८९.४ मेगाहर्ज, नेपाल नेश्नल पार्किट एण्ड डेकोरेटर्सका प्रबन्ध निर्देशक नवराज धमला, वरिष्ठ पत्रकार ईश्वरी वाग्ले, सेतो घर डटकमका प्रधान सम्पादक कमल पन्थी, नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेल, वरिष्ठ पत्रकार किशोर शर्मा, पूर्ण मासिककी प्रधानसम्पादक सम्झना वन, वरिष्ठ साहित्यकार एवं लहरा त्रैमासिकका प्रधानसम्पादक राम सञ्जेल, साहित्यकार एवं समालोचक युवराज मैनाली, साहित्यकार तारा सुवेदी, मिडिया नेपाल प्रालिका सञ्चालक विनोद सापकोटा, राजनीतिज्ञ एवं समाजसेवी चेवनबहादुर तुम्बाहाङ लिम्बु, मिडिया ठाँटीका प्रमुख कार्यकारी अधिकृत दामोदर भट्ट, नागरिक अभियन्ता सुवर्ण थापा र युवा पत्रकार भेषराज पाण्डे रहनुभएको थियो ।
यो कार्यक्रमको विशेष अतिथि देव ग्रुप प्रालिका अध्यक्ष नरेन्द्र बल्लभ पन्त रहनुभएको थियो । यस कार्यक्रममा राष्ट्रिय यात्रा साप्ताहिकका प्रमुख संवाददाता तीर्थराज गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय यात्रा साप्ताहिकका प्रधान सम्पादक/प्रकाशक सनत गिरी ‘गाउँले’को सभापतित्वमा भएको यस कार्यक्रमको भेषराज पाण्डेले सहजीकरण गर्नु भएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी