काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र जथाभावी पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही थालेको छ।
सिंहदरबार परिसरभित्र अव्यवस्थित पार्किङका तस्बिर सार्वजनिक भएपछि ट्राफिक प्रहरीले नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमा ह्विल लक लगाएर कारबाही गरेको हो।
सिंहदरबारका विभिन्न सडकमा सडकको दुवैतर्फ आधा–आधा भाग ओगट्ने गरी तथा फुटपाथसमेत ढाकेर सवारी पार्क गरिएको भेटिएको थियो। कतिपय स्थानमा ‘नो पार्किङ’ संकेत बोर्डमुनि नै सवारीसाधन पार्क गरिएको पनि देखिएको थियो।
सार्वजनिक भएका तस्बिरपछि ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ नियन्त्रणका लागि तत्काल कारबाही अघि बढाएको जनाएको छ।













निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि