काठमाडौं । ‘किड्स किङ एण्ड क्विन’ प्रतियोगिताका चार विजेता नेपाली कला र संस्कृतिको प्रस्तुति दिन भियतनाम जाने भएका छन् । गत जेठ २३ गते भक्तपुरस्थित हेरिटेज प्यालेसमा सम्पन्न प्रतियोगिताबाट विजेता बन्नुभएका नाम्दिन सुब्बा, सान्भिका बज्राचार्य, प्रान्सी तुलाधर र वेदाश्री राज्यलक्ष्मी राणा आगामी बिहीबार भियतनाम प्रस्थान गर्ने आयोजक संस्था शाह स्टुडियो एण्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोनु शाहले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूले भियतनाममा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र प्रतिभा प्रदर्शन गर्नेछन् । कार्यक्रम आगामी आइतबार हुने तय भएको छ । उक्त कार्यक्रममा मोनु शाह नेपालका तर्फबाट निर्णायकको भूमिकामा रहनुहुनेछ । चार दिनको भ्रमणपछि नेपाली टोली स्वदेश फर्किने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि