काठमाडौं । टेलिभिजन शो ‘कमेडी दरबार’को निर्माणमा बनेको चलचित्र ‘ककाकिकी’ को पहिलो झलक (टिजर) सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको कथावस्तु र प्रमुख पात्रहरूको परिचय प्रस्तुत गरेको छ ।
गाउँले परिवेशमा आधारित टिजरमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीलाई डाँडामा बसेर विभिन्न विषयमा छलफल गरिरहेको दृश्य समेटिएको छ । उहाँहरूको संवादबाट सुरु हुने टिजरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने प्रयास गरेको छ ।
टिजरमा प्रकाश घिमिरे, मनोज गजुरेल, दिया मास्के, शिशिर वाङ्देल र माओत्से गुरुङलगायत कलाकारको समेत उपस्थिति रहेको छ । साथै, रेअर राई, खड्गबहादुर पुनमगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल र एलिसा भोगको पनि अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको संयुक्त निर्देशन बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले गर्नुभएको हो भने अनीश बुढाथोकी सहायक निर्देशक रहनुभएको छ । सुमन अग्रवालको अवधारणामा बनेको चलचित्रको कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले तयार पार्नुभएको हो । चलचित्रको छायांकन सुदीप बरालको टोलीले गरेको हो । चलचित्र ‘ककाकिकी’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि