काठमाडौं । नेपाली चलचित्र उद्योगमा हरेक वर्षझैं यसपटक पनि बडादशैँ प्रदर्शनलाई लक्षित गर्दै चलचित्र निर्माण पक्षबीच प्रतिस्पर्धा बढ्ने भएको छ । लामो सार्वजनिक बिदा र उत्सवमय माहोलका कारण बडादशैँलाई चलचित्र प्रदर्शनका लागि सबैभन्दा उपयुक्त समय मानिने भएकाले यसवर्ष पनि पाँच फिल्मबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
यसअघि नै चलचित्र ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘आ बाट आमा २’ र ‘बाटुलो जून’ ले बडादशैँलाई प्रदर्शन मिति तय गरिसकेका छन् । ‘आ बाट आमा २’ र ‘बाटुलो जून’ असोज ३० गते प्रदर्शनमा आउने तयारीमा छन् भने ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ फूलपातीको दिन प्रदर्शन हुने सम्भावना रहेको छ ।
यही प्रतिस्पर्धामा निर्देशक तथा निर्माता अशोक शर्मा निर्देशित चलचित्र ‘डबल ट्रिपल’ पनि थपिने भएको छ । निकट स्रोतका अनुसार शर्मा केही दिनभित्र चलचित्रमको फर्ष्टलुक पोष्टरसँगै फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्ने तयारीमा हुनुहुन्छ ।
‘डबल ट्रिपल’को छायांकन केही महिनाअघि नै सम्पन्न भइसकेको छ । यस चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, खगेन्द्र लामिछाने, मिरुना मगर, विल्सनविक्रम राईलगायतका कलाकारको अभिनय छ । ‘डबल ट्रिपल’ पनि यस पालिको बडादशैँ प्रदर्शनको दौडमा उत्रिने तयारीसँगै यसवर्षको दशैँमा पाँच नेपाली चलचित्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अधिकांश चलचित्रमा चर्चित कलाकारको उपस्थितिका कारण कुन फिल्मले दर्शकको रोजाइमा बाजी मार्नेछ भन्ने चासोसमेत बढेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि