काठमाडौं । पूर्वराज्यमन्त्री तथा उद्यमी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौं : समृद्धि प्राप्त नगरी मर्नेछैनौं’ शीर्षकको पुस्तकको लोकार्पण भएको छ । सोमबार नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजित एक समारोहबीच कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई तथा अतिथिहरूबाट उक्त पुस्तकको लोकार्पण भएको हो । तुलसा पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, पूर्वसांसद डा.चन्द्र भण्डारी, राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री सांसद लीमा अधिकारी आचार्य, पत्रकार टीकाराम यात्रीलगायतले पुस्तक तथा लेखकको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
डा.शोभा पाण्डे कोइरालाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पुस्तकका लेखनको पृष्ठभूमिबारे लेखकले सुरुमै प्रकाश पार्नुभएको थियो भने अन्त्यमा धन्यवाद ज्ञापन पनि उहाँले नै गर्नुभएको थियो । मातृसेवा प्रतिष्ठान नेपाल आयोजक रहेको र दुर्गाराज पाण्डे सञ्चालक रहनुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा.बाबुराम भट्टराईले आफू जिम्मेवारी नलिने र विकास भएन भनेर अरूलाई दोष दिने प्रवृत्तिको विरोध गर्दै हामी भरखर विकासोन्मुख अवस्थामा रहेका हुँदा नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ भन्नुभयो ।
उहाँले नेपालीहरू ज्ञानका क्षेत्रमा अगाडि छन् तर साधनस्रोतको कमीले गर्दा अगाडि बढ्न नसकिरहेको धारणा राख्नुभयो । हामीले विकसित देशसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ भन्दै उहाँले अन्तर्राष्ट्रिय जगतसँग विज्ञानप्रविधिमा जोडिएर अगाडि बढ्नुपर्छ र यसका लागि अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो । लेखकले यिनै सन्दर्भहरूलाई आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको धारणा पनि डा.भट्टराईको रहेको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि