काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजनका लागि निर्णायक (जज) टुंगो लागेको छ । यसपटक हास्य कलाकार तथा अभिनेता जितु नेपाल, अभिनेत्री ऋचा शर्मा र निर्देशक विशाल भण्डारी निर्णायकको भूमिकामा रहनुहुने छ । यसअघिका तीनवटै संस्करणमा निर्णायक रहनुभएकी ऋचा शर्मा यसपटक पनि निरन्तरता पाउने एकमात्र सदस्य हुनुहुन्छ । चौथो सिजनमा जितु नेपाल र विशाल भण्डारी नयाँ निर्णायकका रूपमा जोडिनुभएको छ । यद्यपि, निर्माण टिमले निर्णायकहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
स्रोतका अनुसार आगामी साता आयोजना गरिने पत्रकार सम्मेलनमार्फत चौथो सिजनबारे विस्तृत जानकारीसहित निर्णायकको औपचारिक घोषणा गरिने तयारी छ । निर्माण पक्षले यस संस्करणमा दर्शकलाई नयाँपन र ताजापन दिने उद्देश्यले केही महत्त्वपूर्ण परिवर्तन गरेको जनाएको छ । यसपटक निर्णायकको संख्या घटाएर तीनजनामा सीमित गरिएको छ ।
यसअघि नै शोका होस्टको घोषणा भइसकेको छ । चौथो सिजनमा कमेडियन मेक्सम गौडेल र पूर्वमिस नेपाल नम्रता श्रेष्ठले प्रस्तोताको जिम्मेवारी सम्हाल्नुहुने छ । यसअघि नम्रताले कमेडी दरबार र लोकस्टार टिभी शो होष्ट गरिसक्नुभएको छ । यसअघिको तीन सिजनलाई होष्ट गर्नुभएकी रीमा विश्वकर्मा सांसद भएपछि उहाँको ठाउँमा नम्रताको इन्ट्री भएको हो । ‘कमेडी च्याम्पियन’को चौंथो सिजन साउन पहिलो सातादेखि हिमालय टिभीमा आउनेछ ।
यसपटकको सिजनमा डेढसयभन्दा धेरै कलाकारले प्रतिस्पर्धा गर्ने जानकारी निर्देशक विशाल भण्डारीले दिनुभयो । शोको अडिसन छायांकन बुधबारदेखि काठमाडौंको मूलपानीस्थित सेटमा सुरु हुने तयारी छ । ‘कमेडी च्याम्पियन’को चौथो सिजन साउनको पहिलो सातादेखि प्रसारण गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि