एल्भिन युजिन टफ्लर (१९२८-२०१६) अमेरिकाको न्यूयोर्क शहरमा सन् १९२८ अक्टोबर ३ मा एल्भिन टफरको जन्म भएको थियो । सन् १९५० मा अंग्रेजी भाषा र साहित्यमा स्नातक तह उत्तीर्ण गरेका एल्भिन टफ्लर विश्वका एक चर्चित चिन्तक, विचारक, भविष्यद्रष्टा र लेखक बन्न पुगे । पत्रकारिता, सञ्चार, प्रविधि र विज्ञानको अधिक चासो राख्ने टफ्लर आधुनिक समाजका लागि मार्गदर्शक बन्न पुगे । यहुदी परिवारमा जन्मेका टफ्लरका पिता सेम टफ्लर थिए भने माता रोज टफ्लर थिइन् । टप्लरका मातापिता न्युयोर्क सहरका लागि आप्रवासी परिवार थिए । हुर्कीदो उमेरसँगै हेइडी टफ्लरसँग विवाह बन्धनमा बाँधिन पुगे । वर्तमान विषयवस्तु र सन्दर्भहरूलाई भविष्यगत दृष्टिबाट हेर्ने टफ्लरको रुचि बाल्य अवस्थाबाटै विकसित भएको थियो । सामान्य घरानामा जन्मिएका टफ्लर एक प्रसिद्ध भविष्यकर्ता, चिन्तक र विचारकमात्र भएनन् उनी एक दार्शनिक रूपमा परिचित हुँदैगए ।
थुप्रै स्रष्टाहरूले डिजिटल नेटिभ, अल्गोरिदम, कृत्रिम बुद्धिमत्ता, सूचना र प्रविधिको सन्दर्भमा थुप्रै लेख तथा पुस्तकहरू सार्वजनिक गरिसकेका छन् । होइन कृषि, औद्योगिक युगका सन्दर्भमा थुप्रै पुस्तकहरू सार्वजनिक भइसकेका छन् । तर, एल्बिन टफ्लरका त्यो समयका पुस्तकहरूमा भविष्यप्रतिको चासो, भविष्यका संकटको पुनरुत्थान र पहिचान र भविष्यका खतरायुक्त परिस्थितिबाट बाँच्नका लागि मानव सभ्यताले अनुसरण गर्नुपर्ने शिक्षा सन्दर्भमा पुरस्कृत ढंगले व्याख्या विश्लेषण गरेका छन् ।
टफ्लरले मानव सभ्यताको विकासलाई तीन चरणमा विभाजन गरेर हेरेका छन् । प्रथम चरणको रूपमा कृषि दोस्रो चरणको रूपमा औद्योगिक चरण र तेस्रो सूचना तथा ज्ञानको युग । यसरी टफरले आफ्ना कार्यदिशा र दृष्टिकोणलाई तीन युगमा विभाजित गरेका छन् । कृषि युगको चरणलाई उनले हुमन एक्जिस्टिङ देखि आधुनिक समयबीचको अवधिमा कृषिमा देखिएका समस्या, चुनौती, अवसर र नयाँ आविष्कार को सन्दर्भमा चर्चा गरेका छन् । उनका अनुसार कृषिचरणको सुरुवात करिब दश हजार वर्षअघि कृषि क्रान्तिसँगै भएको हो ।
यसअघि मानिसहरू मुख्यतः शिकार र खाद्य संकलन गरेर जीविका चलाउँथे । खेतीपाती र पशुपालनको विकासपछि मानिसहरू स्थायी बस्तीमा बस्न थाले । यस चरणमा परिवार, गाउँ, भूमि स्वामित्व, परम्परा र कृषिमा आधारित अर्थतन्त्रसमाजका मुख्य आधार बने । अधिकांश मानिसहरूको जीविकोपार्जन कृषि मा निर्भर थियो र समाज ग्रामीण तथा परम्परागत स्वरूपको थियो । उनले कृषि युगको प्रारम्भिक स्थितिलाई फष्ट वेबको रूपमा संज्ञा दिए । सभ्यता र चेतनाको विकासक्रम सँगसँगै कृषिमा आधुनिककरण र यान्त्रिकरणहरूको आविष्कार हुने र कृषिको अधिकतम उपभोग हुनेजस्ता विषयलाई उनका कृतिहरूमा उठ्ठान भएको पाइन्छ । समयको परिवर्तन र आधुनिक परम्पराको विकाससँगै कृषि वैज्ञानिक युगमा पुग्ने कुरालाई समेत थर्ड वेबमा परिभाषा गरेका छन् ।
त्यसैले टफ्लरलाई दुर्गामी चिन्तकको रूपमा लिने गरिन्छ । दोस्रो युगको रूपमा उनले औद्योगिकरण लाई दोस्रो वेबको रूपमा परिभाषा गरेका छन् । दोस्रो युगको सुरुवात करिब १८औं शताब्दीको अन्त्यतिर इण्डष्ट्रियल रेभुलुसनबाट विकसित भएको कुरालाई जिकिर गरेका छन् । तत्कालीन समयमा औद्योगिक क्षेत्रका मुख्य आधार उद्योग, कारखाना, मेसिन र ठूलो परिमाणमा उत्पादन अर्थात् मास प्रोडक्सन थियो । वस्तुको उत्पादन, बजारीकरण र उपभोक्तावादले जग बसालिसकेको हुँदा मास प्रोडक्सनको क्षेत्रमा औद्योगिक चरणले आफ्नो स्थान स्थापित गरिसकेको थियो । कृषि, उद्योग र वस्तुको उत्पादकत्वको वृद्धि विकासका कारण आर्थिक संरचना रूपान्तरणमा आधारित भइसकेकाले आमजनमानसमा औद्योगिकरणको चेतना विकास भएको टफ्लरले दोस्रो चरणको रूपमा आएको दोस्रो वेबमा चर्चा गरेका छन् ।
उनको भनाइनुसार मानिस गाउँबाट शहरतर्फ बसाइँ सरे, बस्ती विकासहुँदै गयो, जसका कारण तीव्र शहरीकरण हुनुले जनसांख्यिक प्रतिनिधित्वलाई प्रगाड बनाउन मद्दत गर्यो र यसले अन्तत्वगतः औद्योगीकरण चरणलाई मद्धत पुर्याउने उनको दाबा थियो । शहरीकरण र औद्योगीकरणको प्रभावका कारण कल कारखानामा निश्चित समयमनुसार काम गर्ने र काम पाउने तलबमुखी श्रमिक वर्गको विकास हुने कुरालाई जोड दिएका थिए । औद्योगिकरणको विकाससँगै आममानिसको जीवनमा शैक्षिक उन्नयन स्थापित हुने तथा उद्योगलाई आवश्यक जनशक्ति तयार गर्न मानकीकृत विद्यालय प्रणालीको विस्तार हुने कुरामा जोड दिएका थिए ।
एल्भिन टफलरका तीन कृतिहरू विश्वभर प्रख्यात छन् । रमाइलो कुरा के छ भने उनकी पत्नी हाइडी टफ्लर उनका विचार, लेखनको सहयोगी पात्र थिइन । दुवैको सहकार्यमा कुनै वस्तु वा सामग्रीको सपाट विश्लेषण गर्ने क्षमता र सामर्थ्य टफ्लर दम्पतीमा थियो । टफ्लरले सन् १९७० मा फ्युचर सक नामक कृति प्रकाशित गरे । उक्त पुस्तकमा अत्यन्तै तीव्र सामाजिक वैज्ञानिक र प्राविधिक परिवर्तनका कारण मानिसले अनुभव गर्ने मानसिक सामाजिक तथा निर्णयसम्बन्धी तनाव र अन्यौलताले मानिसमा नकारात्मक असर विक्षित हुने कुरालाई जोड दिएका थिए ।
नयाँ प्रविधि सूचना र जीवनशैलीले आम मानिसको जीवनमा सहज वातावरण निर्माण नहुँदा मानसिक तनाव, अन्यौलता, असुरक्षा, भ्रम र निर्णय क्षमतामा कमी आउने उनको तर्क थियो । समय सापेक्षित वस्तुस्थितिको बारेमा चेतनशील र जागरुक भई सो कुराको ज्ञान प्राप्त लिनुपर्ने कुराको व्याख्या विश्लेषण गरेका छन् । समयको विकासक्रमसँगै प्राविधिक विकास, सूचना विष्फोट, तीव्र सामाजिक परिवर्तन, उपभोक्तावाद, शिक्षा र रोजगारीमा परिवर्तन र परिवार र जीवनशैलीमा परिवर्तन जस्ता चुनौती थप हुने उनका पुस्तकका मूल आशय हुन । त्यसैले टफ्लरले फ्युचर सक भनेर विश्वलाई संकेत गरेका छन् ।
सन् १९८० को दशकमा टफ्लरले थर्ड वेभ नामक कृति प्रकाशित गरे । कृति उनको बहुचर्चित मध्यको कृति पनि हो । यस कृतिमा माथि उल्लेख भए बमोजिम तीन युगको विश्लेषण जसमा कृषि, औद्योगिक र विज्ञान प्रविधि सम्बन्धमा बृहत चर्चा गरेका छन् । यी तीन चरणलाई उनले थर्ड वेभ भनेका छन् । तेस्रो लहरको रूपमा परिभाषित भएको विज्ञान, प्रविधि र सूचना युगमा उनको विश्लेषण आजको एक्काइसौं शताब्दीमा सापेक्षित सत्यको रूपमा परिभाषित भएको छ ।
इन्टरनेटको आविष्कारसँगै संसारमा देखापरेका नवचुनौतीलाई टफ्लरले सन् १९८० को दशकमा बडो सतर्कतापूर्वक चित्रण गरेका छन् । आजको कम्प्युटर, अल्गोरिदम, सामाजिक सञ्जाल, सूचना प्रविधि र सञ्चार क्षेत्र टफ्लरले भविष्यगत रूपमा देखेका नवचुनौती हुन । उदाहरणका लागि एपिस्टिन फाइल, गोप्य सूचनाको विष्फोट, उण्च्च पदस्थहरूको भ्रष्टाचारको फाइल, जस्ता तमाम उदाहरण सूचना प्रविधि र विज्ञान युगको टफ्लरको भविष्यवाणीमा परेका दुर्गामी दृष्टिकोणहरू थिए । उनले कृतिमा लेखेका छन् सूचना प्रविधि र नवप्रवर्तन समाजको नयाँ ऐना बनेर देखापर्नेछ । विश्वका कुनै पनि मुलुक वा व्यक्तिरूका सूचना आदानप्रदान गर्न सहज भूमिका निर्वाह हुनेछ । तर, यसले ल्याएका सकारात्मक परिवर्तनहरूले आममानिसलाई सहजीकरण त गर्छ तर व्यक्ति, समाज वा राष्ट्रको सन्दर्भमा यसले ल्याउने नकारात्मक असरले मानिस मनोवैज्ञानिक रूपमा तनाव, अस्थिर र चिन्तित हुनेछ ।
टफ्लरले यसलाई इन्फरमेसन एज पनि भनेका छन् । पछिल्लो समय विश्वभर जेन- विद्रोहको रूपमा देखिएको आन्दोलनले डिजिटल नेटिभ युथहरूलाई इन्टरनेटको माध्यमबाट कसरी जोड्न सक्यो र आन्दोलनका क्रमिक अवधारणालाई विश्वका शक्तिशाली व्यक्तिहरूले कसरी प्रयोगमा ल्याए भन्ने कुराको गतिलो प्रमाण टफ्लरको थर्ड वेभमा परिभाषित गरिएको छ । तसर्थ टफ्लर असाधारण क्षमताका प्रतिभावान विचारक थिए । समाज, प्रविधि, राजनीति, अर्थतन्त्र र संसारको बदलिँदो परिस्थितिलाई निर्क्योल गर्नसक्ने, अध्ययन-अनुसन्धान गर्नसक्ने असाधारण क्षमता उनीमा थियो ।
लेखन कार्यलाई निरन्तरता दिँदै उनले १९९० को दशकमा पावर सिफ्ट नामक पुस्तक प्रकाशित गरे । यसले भूमण्डलीकृत विश्वको नयाँ अध्यायको संकेत गरेको थियो । सन् १९९० को दशकपछि विश्वभर नवउदारवादी व्यवस्था लागू हुन पुग्यो । सोभियत संघजस्ता शक्तिशाली राष्ट्र विघटित हुन पुगे । पावर सिफ्ट (१९९०) एल्भिन टफ्लरको महत्त्वपूर्ण पुस्तक थियो । यस पुस्तकमा टफ्लरले भविष्यमा शक्ति कसरी एक व्यक्तिबाट अर्को व्यक्ति, संस्था वा राष्ट्रतर्फ सर्दै जान्छ भन्ने व्याख्या गरेका छन् । उनले शक्तिको प्रयोग बल, धन र ज्ञानका आधारमा हुने कुरालाई प्रमुख शक्ति स्रोतको रूपमा चर्चा गरेका छन् । सत्तामा रहने शासकले होस् वा सत्ताभन्दा बाहिर रहेको इतर शक्तिले सबैभन्दा पुरानो शक्ति अर्थात् युद्ध, सेना, प्रहरी वा शारीरिक बलको प्रयोग गरेर शक्ति आर्जन गर्न प्रयत्नशील रहनेमा जोड दिएका छन् ।
आजको हाम्रो समाज, राजनीति, परिवर्तित कृत्रिम बुद्धिमत्ताको युगमा समयले ल्याउने परिवर्तनहरूमा हामी सुरक्षितहुँदै ज्ञानको भरपुर उपयोग गर्न सक्नुपर्दछ । अध्ययन, सतर्कता, सुरक्षा जस्ता संवेदनशील विषयमा हामी जस्ता विकासशील अथवा अल्पविकसित मुलुकहरू सूक्ष्म रूपले ज्ञानको उचित प्रयोगका निमित्त कटिबद्ध भएर लाग्नुपर्दछ । आन्तरिक हाम्रो राजनीति, भूराजनीति र वैश्विक राजनीतिका प्रत्यक्ष प्रभावहरू हामीले भोगिरहेको अवस्थामा एल्भिन टफ्लरका विगतका भविष्यवाणी हाम्रा लागि सुरक्षा कवजका अमूल्य ज्ञान साधन हुन सक्छन् ।
यो निरन्तर प्रक्रियामा सत्ता ढल्ने, नयाँ सत्ता निर्माण हुने र अनुकूलिय फाइदा ठहर नभएको अवस्थामा सूचना प्रविधि, सञ्चार, अर्थतान्त्रिक स्रोत संशाधनको प्रयोगद्वारा सत्ताहरू हेरफेर हुने अर्थात् शक्ति हस्तान्तरण हुँदै जाने कुरामा जोड दिएका छन् । धन औद्योगिक युगको प्रमुख शक्ति हो । व्यापार उद्योग पैसा र पुँजीमार्फत निहित प्रभाव स्थापित गर्न व्यक्ति, समाज, राष्ट्र क्रियाशील रहिरहने कुरालाई टफ्लरले धनलाई शक्ति सञ्चितीकरणको स्रोत मानेका छन् । टफ्लरले ज्ञानलाई प्रमुख मानव सभ्यताको इकाई मानेका छन् । सूचना प्रविधिले सञ्चारको व्यापक प्रयोगले आमनागरिक समाज र राष्ट्रमा ठूलाठूला परिवर्तन हुने र त्यसको स्रोत भनेको ज्ञान हो भनेर ठोकुवा गरेका छन् । उनको भनाइमा ज्ञानले धन र बल दुवैलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नसक्छ ।
बल, धन र ज्ञानको प्रयोगले कैयौं मुलुकहरू नक्सामा हराउन सक्छन् र कैयौं मुलुक नक्सामा थपिन सक्छन् । उनले भनेका छन्-बल, धन र ज्ञान को स्रोत जो कोही प्राप्त गर्नसक्छ ऊ नै शक्तिको सिम्हासनमा टिकिरहन सक्छ । उनले २१औं शताब्दीमा ज्ञान नै सबैभन्दा ठूलो शक्ति हो भनेर व्याख्या विश्लेषण उक्त पावर सिफ्ट पुस्तकमा उल्लेख गरेका छन् । शक्ति सर्नु वा स्थानान्तरण हुनुको अर्थ भन्नाले समाज, अर्थतन्त्र र राजनीतिमा शक्ति एक स्रोत वा समूहबाट अर्को स्रोत वा समूहतर्फ सर्ने प्रक्रियालाई जनाउँछ भनेर बुझ्नुपर्छ । उदाहरणका लागि कृषि युगमा शक्ति जग्गाधनीसँग थियो । औद्योगिक युगमा शक्ति उद्योगपति र पुँजीपतिसँग गयो । सूचना युगमा शक्ति ज्ञान, सूचना र प्रविधिमा दक्ष व्यक्ति तथा संस्थाहरूतर्फ सर्नेछ । तर, ज्ञान नै भविष्यको सबैभन्दा ठूलो शक्ति हो जुन समय सापेक्षित रूपमा हरेक नागरिकहरूले प्राप्त गर्न जरुरी छ भनेर उक्त पुस्तकमा चर्चा गरेका छन् ।
अन्त्यतः एल्भिन टफ्लर एक दूरदर्शी लेखक, चिन्तक थिए । उनले लेखेका (१९७०-८० र ९०) का दशकका कृतिहरूले विश्वमा आफ्नै छुट्टै पहिचान बनाउनु सफल भएको छ । हुन त आजकल थुप्रै स्रष्टाहरूले डिजिटल नेटिभ, अल्गोरिदम, कृत्रिम बुद्धिमत्ता, सूचना र प्रविधिको सन्दर्भमा थुप्रै लेख तथा पुस्तकहरू सार्वजनिक गरिसकेका छन् । एल्बिन टफ्लरका त्यो समयका पुस्तकहरूमा भविष्यप्रतिको चासो, भविष्यका संकटको पुनरुत्थान र पहिचान र भविष्यका खतरायुक्त परिस्थितिबाट बाँच्नका लागि मानव सभ्यताले अनुसरण गर्नुपर्ने शिक्षा सन्दर्भमा पुरस्कृत ढंगले व्याख्या विश्लेषण गरेका छन् ।
आजको हाम्रो समाज, राजनीति, परिवर्तित कृत्रिम बुद्धिमत्ताको युगमा समयले ल्याउने परिवर्तनहरूमा हामी सुरक्षित हुँदै ज्ञानको भरपुर उपयोग गर्न सक्नुपर्दछ । अध्ययन, सतर्कता, सुरक्षा जस्ता संवेदनशील विषयहरूमा हामी जस्ता विकासशील अथवा अल्पविकसित मुलुक सूक्ष्म रूपले ज्ञानको उचित प्रयोगका निमित्त कटिबद्ध भएर लाग्नुपर्दछ । आन्तरिक हाम्रो राजनीति, भूराजनीति र वैश्विक राजनीतिका प्रत्यक्ष प्रभाव हामीले भोगिरहेको अवस्थामा एल्भिन टफ्लरका विगतका भविष्यवाणी हाम्रा लागि सुरक्षा कवजका अमूल्य ज्ञान साधन हुनसक्छन् । ्लरको मृत्यु भने अमेरिकाको क्यालिफोर्नियामा सन् २०१६ मा हृदयघातका कारण मृत्यु भएको थियो । एल्भिन टफ्लरका अन्य केही कृतिहरूमा द एडप्टिभ कर्पोरेसन १९८५, वार एण्ड एण्टी बार १९९३, क्रियटिङ अ न्यू सिभिलाइजेसन १९९५ जस्ता रहेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी