काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान सम्पन्न अन्तिम दुई प्रि–क्वार्टरफाइनल खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो ।
अन्तिम १६ को अन्तिम दिन अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । अर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम आठमा स्थान बनायो ।
यसअघि फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे र इङ्ग्ल्यान्डले क्वार्टरफाइनल यात्रा तय गरिसकेका थिए। यससँगै उपाधि होडमा अब आठ टोली मात्र बाँकी रहेका छन् ।
क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछन् । पहिलो खेलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्। त्यसपछि स्पेनले बेल्जियमको चुनौती सामना गर्नेछ ।
तेस्रो क्वार्टरफाइनलमा इर्लिङ हालान्डको नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। चौथो तथा अन्तिम क्वार्टरफाइनलमा लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् ।
कसरी पुगे अन्तिम आठमा ?
फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्यो भने स्पेनले छिमेकी राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनायो ।
यस्तै, बेल्जियमले आयोजक अमेरिकालाई ४–१ ले पराजित गर्दा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले हराउँदै ठूलो उलटफेर गर्यो। इङ्ग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराएर अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।
अन्तिम दिन अर्जेन्टिनाले इजिप्टविरुद्ध ०–२ को अवस्थाबाट शानदार पुनरागमन गर्दै ३–२ को जित निकाल्यो। अर्को खेलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीच निर्धारित ९० मिनेट तथा अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ स्विस टोली ४–३ ले विजयी रह्यो ।
अब विश्वकप उपाधिको यात्रामा बाँकी रहेका आठ टोलीमध्ये चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। यस चरणमा युरोपका शक्तिशाली टोलीहरूबीचको प्रतिस्पर्धासँगै अर्जेन्टिनाको उपाधि अभियान र मोरक्कोको ऐतिहासिक यात्रा विश्व फुटबलका समर्थकहरूको मुख्य आकर्षण रहनेछ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि