काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा अर्जेन्टिनासँग ३–२ को नाटकीय हार बेहोरेपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्री र फिफामाथि गम्भीर आरोप लगाउनुभएको छ । उहाँले आफ्नो टोलीमाथि ‘घोर अन्याय’ भएको दाबी गर्दै अब विश्वकपको बाँकी कुनै पनि खेल नहेर्ने घोषणा गर्नुभएको छ ।
इजिप्टले खेलमा २–० को अग्रता बनाए पनि अन्तिम ११ मिनेटभित्र अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । खेलमा लियोनल मेस्सी ले एक गोल गर्दै टोलीको पुनरागमनको नेतृत्व गर्नुभएको थियो भने निर्णायक गोल इन्जुरी समयमा आएको थियो ।
खेलपछि निकै आक्रोशित देखिएका हसनले रेफ्रीका निर्णयले खेलको नतिजा नै प्रभावित भएको आरोप लागाउनुभयो । उहाँका अनुसार इजिप्टले गरेको एउटा गोल विवादास्पद रूपमा रद्द गरियो भने अर्जेन्टिनाको विजयी गोलअघि आफ्ना खेलाडीमाथि स्पष्ट फाउल हुँदा पनि रेफ्रीले बेवास्ता गर्नुभयो।
हसनले अझ अघि बढ्दै फिफामाथि पनि अप्रत्यक्ष आरोप लगाउनुभयो । उहाँ अनुसार विश्व फुटबलको सबैभन्दा ठूलो नाम मेस्सी प्रतियोगितामा रहिरहोस् भन्ने चाहनाले निर्णयहरू प्रभावित भएको हुन सक्छ।
“सबै कुरा पैसासँग जोडिएको छ। उनीहरू मेस्सी प्रतियोगितामा रहिरहोस् भन्ने चाहन्थे। फुटबलमा मैदानबाहिर पनि धेरै स्वार्थ हुन्छन्। आज जे भयो, त्यो पूर्ण रूपमा अन्याय थियो। इजिप्ट नै क्वाटरफाइनल पुग्न योग्य टोली थियो,” हसनले भन्नुभयो ।
उहाँले खेलअघि नै फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिए को नियुक्तिप्रति आफूहरूले आपत्ति जनाएको पनि खुलासा गर्नुभयो । “खेलमा निष्पक्षता देखिएन। हामीमाथि अन्याय भयो। त्यसको विरोधस्वरूप म अब यो विश्वकपको एक मिनेट पनि हेर्दिनँ,” उहाँले थप्नुभयो ।
इजिप्टका फरवार्ड मोस्तफा जिको ले पनि प्रशिक्षकको भनाइलाई समर्थन गर्नुभएको छ । उहाँका अनुसार टोलीले दोस्रो गोल गरेपछि खेलका अधिकांश निर्णय इजिप्टविरुद्ध जान थाले।
“हामीले २–० को अग्रता लिएपछि सबै कुरा हाम्रो विपक्षमा गयो। हाम्रो अर्को गोल किन रद्द गरियो भन्ने अझै बुझ्न सकेको छैन,” उहाँले भन्नुभयो ।
यता अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी ले भने मेस्सीको प्रशंसा गर्दै कठिन क्षणमा पनि उहाँले टोलीलाई प्रेरित गरेको बताउनुभयो । खेलको पहिलो हाफमा पेनाल्टी गुमाए पनि मेस्सीले पुनरागमन गर्दै गोल गरे र टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि