काठमाडौं । होर्मुज स्ट्रेट हुँदै गइरहेका तीन व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा शक्तिशाली हवाई हमला गरेको छ । अमेरिकी सेनाका अनुसार हवाई रक्षा प्रणाली, राडार, एन्टी–सिप क्षेप्यास्त्र प्रणाली र आईआरजीसीका दर्जनौँ डुङ्गालाई निशाना बनाइएको हो ।
इरानी सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोट भएको पुष्टि गरेका छन् । केही सर्वसाधारण घाइते भएको दाबी गरिए पनि मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन ।
यता इरानले अमेरिकी कारबाहीलाई ‘खुला अतिक्रमण’ भन्दै यसको ‘विनाशकारी जवाफ’ दिने चेतावनी दिएको छ । इरानी नेतृत्वले धम्कीका बीच अमेरिकासँग कुनै वार्ता नहुने स्पष्ट पारेको छ ।
तनाव बढेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ । अमेरिकी क्रुड तेलको मूल्य करिब २।७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ ।
यसैबीच, बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने क्षेत्रीय तनाव थप चर्किने जोखिम बढेको विश्लेषण गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि