काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेस प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागकाअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताउनुभयो ।
विभागकाअनुसार गएको २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा कास्कीको याङ्जाकोटमा ९८.६ मिमी मापन गरिएको विभागले जनाएको छ ।







रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक
सरकारी प्रक्रियामै अल्झियो काभ्रेका बाढीपीडितको
रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन
जेन-जी आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ
रसुवा बाढीपछिको पुनर्निर्माणका लागि स्रोत