काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३० दशमलव ०९ अंकले घटेर दुई हजार ६२१ दशमलव ५९ विन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि तीन दशमलव ९२ अंकले घटेर ४५६ दशमलव ६८ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अंकले घटेर १७९ दशमलव ८९ तथा सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४२ अंकले ओरालो लागेर १५४ दशमलव ५८ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूह मात्रै बढेको छ। आज २५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।
कारोबारका आधारमा सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर र प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि