काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानमा रहेको संसदीय दलको नेतालाई हटाउन सकिने व्यवस्थालाई प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गरिएको भन्दै गरिएको व्याख्या गलत भएको बताउनुभएको छ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता पराजुलीले संसदीय दलको विधानमा संसदीय दलको नेताको पद अन्त्य हुने अवस्थाबारे गरिएको व्यवस्था सामान्य प्रक्रियागत प्रावधान भएको स्पष्ट पार्नुभयो।
उहाँले उक्त व्यवस्थालाई प्रधानमन्त्रीलाई हटाउने नियतसँग जोडेर व्याख्या गर्नु अनुचित भएको बताउँदै विधानमा संसदीय दलका उपनेता, सभापतिलगायत अन्य पदाधिकारीको पद अन्त्यसम्बन्धी व्यवस्था पनि रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार कुनै व्यक्ति वा पदलाई लक्षित गरेर नभई पार्टीलाई दीर्घकालीन रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक कानुनी र संगठनात्मक व्यवस्था विधानमा समेटिने गरिन्छ।
उहाँले भन्नुभयो, “यसलाई अन्यथा लिनु पर्दैन। संसदीय दलको नेताको पद कहिले र कसरी अन्त्य हुन्छ भन्ने व्यवस्था गरिएको जस्तै उपनेताको पनि व्यवस्था छ, सभापतिको पद कसरी अन्त्य हुन्छ भन्ने व्यवस्था पनि विधानमै छ। तर त्यसको चर्चा भएन। केवल संसदीय दलको नेताको व्यवस्था मात्र उठाएर प्रधानमन्त्रीलाई हटाउने नियतसँग जोडेर व्याख्या गरियो, जसका कारण यसको अपव्याख्या भएको हो। विधान व्यक्ति वा पदलाई हेरेर होइन, पार्टीलाई आगामी दिनमा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने उद्देश्यले बनाइन्छ।”
उपनेता पराजुलीले अधिकांश राजनीतिक दलको विधानमा पनि संसदीय दलको नेता परिवर्तन वा पद अन्त्यसम्बन्धी व्यवस्था रहने भएकाले यसलाई अस्वाभाविक रूपमा नहेर्न आग्रह गर्नुभयो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि