काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेकाले थप अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ।
काठमाडौं जिल्ला अदालतले उक्त प्रकरणमा अधिकांश प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता श्रेष्ठले अदालतको फैसला राष्ट्रको छवि धमिल्याउने घटनाको टुंगो लगाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभएको हो।
उहाँले आफू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका बेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटनाको गम्भीर अनुसन्धान गरी मुद्दा दायर गरेको स्मरण गर्नुभयो।
श्रेष्ठले त्यतिबेला अनुसन्धानबाट पुष्टि भएका व्यक्तिविरुद्ध मात्र मुद्दा दायर गरिएको तर अन्य धेरै व्यक्ति शंकाको घेरामा रहेकाले उनीहरूमाथि थप अनुसन्धान खुला राखिएको बताउनुभयो। कानुनी रूपमा मुद्दा दायर गर्नुपर्ने समयसीमा नजिकिएकाले अनुसन्धानबाट पुष्टि भएका व्यक्तिविरुद्ध मात्रै अभियोजन गरिएको उहाँको भनाइ छ।
उहाँले सरकारलाई सम्बन्धित निकायमार्फत बाँकी व्यक्तिमाथिको अनुसन्धान पनि निरन्तर अघि बढाउन आग्रह गर्नुभएको छ।
श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्यको पूर्ण उजागर गर्दै कानुनको दायरामा आउन बाँकी रहेका सबै व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि