बर्दिया । भन्सार छली गरी ल्याइएका करिब ३२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ पहलमानपुरका ४४ वर्षीय चुनुराम चौधरी र टिकापुर नगरपालिका–१ का ३० वर्षीय अजय चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरूलाई बुधबार मधुवन नगरपालिका–४ क्षेत्रमा पक्राउ गरिएको हो। सुपप्र ०१–००१ क १९९१ नम्बरको मिनी ट्रकमा अवैध सामान लोड गरी कैलालीबाट तारातालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार ट्रकबाट फेन्सी सामान, कपडा तथा अन्य विभिन्न वस्तु बरामद भएका छन्। बरामद सामान र मिनी ट्रकको कुल मूल्य करिब ३२ लाख ६३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा मिनी ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि छोटी भन्सार कार्यालय, गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि