उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत्को पोल मर्मत गर्ने क्रममा करार सेवामा कार्यरत ४० वर्षीय कर्मचारी मिलन चामलिङलाई करेन्ट लागेको थियो। उपचारअघि नै उहाँको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले आवश्यक अनुसन्धान सुरु गरेको छ। विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट कसरी प्रवाह भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले जानकारी दिनुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि