काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन, हेडफोन तथा विभिन्न इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरणहरूको मर्मत, प्राविधिक सहयोग र बिक्रीपछिको सेवा उपलब्ध गराइनेछ। साथै, ग्राहकलाई जेनुइन स्पेयर पार्ट्स प्रयोग गरी आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गरिने कम्पनीको भनाइ छ।
सर्भिस सेन्टरको सञ्चालन वत्सल इम्पेक्स प्रालिले गर्नेछ। शारदा ग्रुपअन्तर्गत रहेको वत्सल इम्पेक्स शाओमीको आधिकारिक सेवा प्रदायक कम्पनी हो।
कम्पनीले उद्घाटनको अवसरमा ग्राहकका लागि आकर्षक छुट योजनासमेत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यससम्बन्धी विस्तृत जानकारी शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा वत्सल इम्पेक्सका निर्देशक गौरव शारदा र नितेश कुमार मुन्द्राले नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै काठमाडौंका शाओमी प्रयोगकर्ताले अझ छिटो, सहज र भरपर्दो सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँहरूका अनुसार सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरूको टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछ। शाओमी प्रयोगकर्ताले आवश्यक प्राविधिक सहयोग तथा सर्भिसका लागि सिधै उक्त सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि