काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने निष्कर्ष निकाल्दै गगन थापाको संयोजकत्वमा अद्यावधिक गरिएको क्रियाशील सदस्यताको विवरणलाई मान्यता दिनुपर्ने अडान राखेका छन्।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अधिकांश नेताहरूले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकमा १९ जना नेताहरूले धारणा राखेका थिए। उनीहरूले गगन थापाको संयोजकत्वमा सम्पन्न सदस्यता नवीकरण प्रक्रियालाई स्वीकार गरेर एकताको वातावरण बनाउनुपर्ने, अन्यथा वैकल्पिक बाटो रोज्नुपर्ने मत व्यक्त गरेका छन्।
नेता विश्वकर्माले बैठकमा पार्टीको आन्तरिक विषयसँगै मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताउनुभयो। लोकतान्त्रिक प्रणालीमाथि चुनौती बढ्दै गएको, संवैधानिक अंगहरूमाथि हस्तक्षेप भइरहेको तथा सरकारले संसदलाई छल्दै बाहिरबाट कानुन निर्माण र शासन सञ्चालन गर्न खोजेको भन्दै यी विषयमा पनि पार्टीले स्पष्ट धारणा बनाउनुपर्नेमा नेताहरूले जोड दिएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “आज १९ जना साथीहरूले आफ्नो धारणा राख्नुभयो। सबैको निष्कर्ष पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नै थियो। गगन थापा संयोजक हुँदा टुंगिएको सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अघि बढ्नुपर्छ। यदि त्यसका लागि तयार नभए विकल्पतर्फ जानुपर्ने धारणा पनि आयो। साथै हामी पार्टीको आन्तरिक विषयमा मात्रै अल्झिने होइन, मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक संस्थामाथिको हस्तक्षेप र संसदलाई छलेर शासन गर्ने प्रवृत्तिबारे पनि छलफल केन्द्रित गर्नुपर्नेमा सहमति भयो।”
विश्वकर्माले इतर पक्षको राष्ट्रिय भेला वीपी स्मृति दिवसको अवसर पारेर साउन ६ गते आयोजना गर्ने सैद्धान्तिक सहमति भएको जानकारी दिनुभयो। मौसमको अवस्थाअनुसार मिति केही हेरफेर हुन सक्ने भए पनि भेला साउन महिनाभित्रै सम्पन्न गरिने उहाँले बताउनुभयो।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि