हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–५ स्थित सिग्रेदो भ्यान नजिक बागमती खोलाको किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मंगलबार बिहान करिब ८:१० बजे अन्दाजी ३० वर्षीया महिलाको शव सडिगली दुर्गन्धित अवस्थामा खोलाको किनारमा भेटिएको हो।
प्रहरीका अनुसार शवको अनुहार स्पष्ट रूपमा चिन्न नसकिने अवस्थामा रहेको छ। मृतकले शरीरमा रातो रङको भित्री वस्त्र मात्र लगाएको पाइएको छ। उहाँको नाम, थर तथा ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि