काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानीसम्बन्धी सेवा बन्द हुने जनाएको छ।
विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले असार २५ र २६ गते (जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सबै सेवा अवरुद्ध रहनेछन्।
यसअघि विभागले असार १९ गते नै सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण ती दुई दिन सेवा प्रभावित हुने जानकारी गराएको थियो।
यद्यपि, अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ।
मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि