✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं. २०८३ असार २५ गते, बिहीबार, ई.स. २०२६ जुलाई ९, तिथि– आषाढ कृष्णपक्ष नवमी, ०५ः५० बजेपछि दशमी, नक्षत्र– अश्विनी, ११ः१७ बजेपछि भरणी, योग– सुकर्मा, ०७ः२६ बजेपछि धृति, करण– गर, ०५ः५० बजेपछि वणिज, चन्द्रराशि– मेष, सूर्योदय– ०५ः१६, सूर्यास्त– १९ः०१ ।
मेष : भावनात्मक उतारचढाव अनुभूति हुन सक्छ । स्वाभिमान र क्रोधको सन्तुलनमा ध्यान दिनु आवश्यक छ । अधिकारको विषयमा टकराव हुन सक्छ । तर, मानसिक दृढताले परिस्थिति अनुकूल बनाउन सकिनेछ ।
वृष : आत्मकेन्द्रित सोच र व्यक्तिगत अधिकारको रक्षा गर्ने भावना जागृत हुनेछ । सन्तान वा जीवनसाथीसँग सम्बन्धमा सुधार आउनेछ । नयाँ योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ ।
मिथुन : गोप्य शत्रुहरूबाट सावधान रहनुपर्ने दिन हो । स्वास्थ्यमा असहजता वा थकान महसुस हुन सक्छ । मानसिक तनावले ध्यान विचलित गराउन सक्छ ।
कर्कट : सामाजिक वृत्तमा प्रतिष्ठा बढ्ने सम्भावना छ । प्रेमप्रसंगमा सहजता आउनेछ । समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिनेछ । सन्तान पक्षबाट हर्षका खबरहरू आउन सक्छन् ।
सिंह : घरपरिवारका जिम्मेवारीमा समय दिनुपर्नेछ । सम्पत्तिसम्बन्धी विवाद वा विचारले सताउन सक्छ । माता वा महिला व्यक्तिसँग टकराव नहोस् भन्न सतर्क रहनु उपयुक्त हुन्छ ।
कन्या : दूरदर्शिता र कल्पनाशक्ति राम्रो रहनेछ । यात्राको योग बन्न सक्छ । धार्मिक वा सांस्कृतिक छलफलमा भाग लिन सकिनेछ । भाइबहिनी वा आफन्तसँग नजिकको सम्बन्ध बलियो बन्न सक्छ ।
तुला : आर्थिक पक्षमा मिश्रित फल प्राप्त हुनेछ । खर्च बढ्नेछ, तर सोचेको काममा प्रगति हुनेछ । परिवारमा रमाइलो वातावरण बन्ने सम्भावना छ । सौन्दर्य, कला र संगीतमा रुचि बढ्नेछ ।
वृश्चिक : आत्मबल र अभिव्यक्ति क्षमता बढ्नेछ । निर्णय शक्ति सबल हुनेछ । नयाँ सम्बन्ध वा सम्झौताका लागि समय ठीक देखिन्छ । प्रेम र पेशा दुवैमा उत्साहको संकेत छ ।
धनु : एकान्त मनोवृत्ति बढ्न सक्छ । पुराना दुःख वा संकोच पुनः मनमा आउनेछन् । भित्री असन्तुलनले निर्णय क्षमतामा प्रभाव पार्न सक्छ ।
मकर : मित्रता र समूहमूलक कार्यमा सफलता मिल्नेछ । योजना र सहकार्यमा राम्रो सन्तुलन आउनेछ । सानो मुनाफा वा लाभ मिल्न सक्छ ।
कुम्भ : पेशा र सामाजिक प्रतिष्ठामा वृद्धि हुने योग छ । पदोन्नति वा उच्च व्यक्तिसँग भेटवार्ताको संभावना हुनेछ । आत्मप्रदर्शन गर्ने मौका मिल्नेछ ।
मीन : धार्मिक भावना र दर्शनमा झुकाव रहनेछ । अध्ययन र चिन्तनमा सफलता मिल्नेछ । तर परदेश वा उच्च शिक्षासम्बन्धी कुरामा केही अवरोध आउन सक्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि