काठमाडौं । मकवानपुर प्रहरीले लागुऔषध ओनेरेक्स–१०० एमएलका २७ बोतलसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजे लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–४ स्थित कपुर कम्प्लेक्स अगाडिको भित्री सडकमा बा.प्र.०३–००६ प ५४०५ नम्बरको स्कुटर रोकी जाँच गरेको थियो।
जाँचका क्रममा स्कुटरको डिक्कीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ओनेरेक्स–१०० एमएलका २७ बोतल बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा स्कुटरमा सवार हेटौंडा–१४ मयुरधाप घर भई हाल हेटौंडा–५ मा डेरा गरी बस्ने २८ वर्षीय कालीबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले बरामद लागुऔषध र स्कुटरसहित बस्नेतलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर