काठमाडौं । राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई विधायन व्यवस्थापन समितिको प्रतिवेदन र संशोधन प्रस्तावसहित स्वीकृत गर्दै राष्ट्रिय सभाले पारित गरेको हो।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा समसामयिक सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो। उहाँले विधेयकलाई परिष्कृत बनाउन सुझाव र संशोधन प्रस्ताव राख्ने सांसदहरूप्रति आभार व्यक्त गर्दै ती सुझावले आगामी दिनमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसै बैठकबाट राष्ट्रिय सभाले अन्य तीन महत्वपूर्ण प्रतिस्थापन विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ। पारित हुने विधेयकहरूमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयको चापका बीच पनि विधायन व्यवस्थापन समितिले सक्रिय रूपमा प्रतिवेदन तयार गरी महत्वपूर्ण विधेयकहरू पारित गराउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
उहाँले आजकै बैठकबाट चारवटा प्रतिस्थापन विधेयक र दुईवटा आश्रित विधेयक—आर्थिक विधेयक, २०८३ तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३—पारित गरी थप प्रक्रियाका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी दिनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर