जनकपुरधाम। मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु गरेको छ। साहु–महाजनको शोषण र फर्जी लिखतविरुद्ध न्यायको माग गर्दै पीडितहरूले काठमाडौंसम्म पैदल यात्रा थालेका हुन्।
न्याय मार्चको उद्घाटन गर्दै आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले नक्कली कागजातको सहारा लिएर अदालती प्रक्रियामार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाउनुभयो।
उहाँले फर्जी तमसुकका आधारमा किसानको जग्गा हडप्ने र उनीहरूलाई आफ्नै भूमिबाट विस्थापित गर्ने कार्य तीव्र रूपमा भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन अपरिहार्य बनेको बताउनुभयो।
कार्यक्रममा अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम नगरेको आरोप लगाउनुभयो।
उहाँले वर्तमान सरकारले पीडितका समस्या समाधानमा चासो नदेखाएकाले पुनः जनकपुरधामबाट पैदल न्याय मार्च सुरु गरिएको जानकारी दिँदै यसपटक काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्दै सरकारसमक्ष आफ्ना माग राखिने बताउनुभयो।
न्याय मार्च सुरु गर्नुअघि पीडितहरूले मशाल जुलुस प्रदर्शन गरेका थिए। साथै, फर्जी तमसुकको प्रतीकात्मक दहन गर्दै आन्दोलनको औपचारिक घोषणा गरेका थिए।
आन्दोलनकारीहरूले साहु–महाजनको शोषणबाट मुक्ति, फर्जी तमसुक खारेज तथा मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर