काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव बल्खुस्थित बागमती नदीमा फेला परेको छ।
सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्ट, कीर्तिपुरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित कुमारी क्लब नजिक बागमती नदीबाट शव उद्धार गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बागमती नदीमा खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा बल्खु क्षेत्रमा शव फेला परेको उहाँले जानकारी दिनुभयो।
प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर