काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) ले औषधि कम्पनीहरूलाई एक्सपायरी तथा ब्रेकेज भएका औषधिको क्षतिपूर्ति (क्रेडिट नोट) र सोधभर्ना नियमअनुसार उपलब्ध गराउन आग्रह गर्दै अन्यथा आवश्यक कदम चाल्ने चेतावनी दिएको छ।
संघका केन्द्रीय महासचिव श्रीधर खनालद्वारा हस्ताक्षरित पत्रमार्फत सिप्ला लिमिटेड (नेपाल तथा म्यानमार) का क्लस्टर हेड निरज जोशीलाई सम्बोधन गर्दै कम्पनीले एक्सपायरी तथा ब्रेकेज औषधिको क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पटक–पटक अनुरोध र छलफल हुँदासमेत स्पष्ट प्रतिबद्धता नजनाएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
पत्रमा संघको सोधभर्ना तथा क्षतिपूर्ति नियमावली–२०६५ (संशोधित/परिमार्जित–२०७१) को दफा ८ अनुसार औषधि एक्सपायरी, लिकेज, ब्रेकेज वा अन्य क्षति भएको मितिले दुई वर्षभित्र कम्पनी, आयातकर्ता, सी एन्ड एफ वा सुपर डिस्ट्रीब्युटरले सम्बन्धित स्टकिस्ट वा थोक विक्रेतालाई शतप्रतिशत क्रेडिट नोट उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।
संघले उक्त नियमावलीअनुसार व्यवसायीहरूले पाउनुपर्ने शतप्रतिशत क्षतिपूर्ति तथा क्रेडिट नोट उपलब्ध गराउने प्रक्रिया पत्र प्राप्त भएको तीन दिनभित्र अघि बढाई त्यसबारे जानकारी गराउन कम्पनीलाई आग्रह गरेको छ।
त्यस्तै, तोकिएको समयभित्र नियमअनुसार सोधभर्ना प्रक्रिया अघि नबढाए समस्या समाधानका लागि संघले नियमावलीबमोजिम आवश्यक कदम चाल्ने चेतावनी पनि दिएको छ।
उक्त पत्रको बोधार्थ संघका केन्द्रीय कार्यसमिति तथा सबै प्रदेश कार्यालयहरूलाई समेत पठाइएको छ।









समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर