काठमाडौं । कुमारी बैंकले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाभित्र रहेका छवटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको गौमुल शाखामार्फत् गौमुल गाउँलिकाका मानाकोट माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय, अम्लिस माध्यमिक विद्यालय, फूलपाता माध्यमिक विद्यालय, कीर्तिचौर माध्यमिक विद्यालय र बालविकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरेको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्नेछ । भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत-साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा उक्त सहयोगले शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन योगदान पुग्ने बैंकको अपेक्षा रहेको छ ।
बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत् विद्यार्थीलाई डिजिटल सामग्री, श्रव्य-दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर