काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी-मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । टिकटकका अनुसार उक्त प्रतिवेदनमा जनवरीदेखि मार्च २०२६ सम्म टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण समेटिएको छ, जसले विश्वभरका प्रयोगकर्ताका लागि सकारात्मक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
टिकटकका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका १९ लाख ६१ हजार छ सय ९८ वटा भिडियो हटाइएको छ । सो अवधिमा प्रकाशित भएका कुल भिडियोमध्ये करिब ०.४ प्रतिशत भिडियो हटाइएको हो । जनवरीदेखि मार्च २०२६ सम्म कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टलाई सक्रियरूपमा हटाउने दर ९९.२ प्रतिशत रहेको थियो, जसमध्ये ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो । सोही अवधिमा नेपालमा ६१ हजार नौ सय ९२ वटा भिडियो थप समीक्षापछि पुनःस्थापित गरिएको थियो । विश्वव्यापीरूपमा सो अवधिमा टिकटकले एक सय ८४ मिलियन अर्थात् १८ करोड ४० लाख १२ हजार पाँच सय ७६ वटा भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो ।
हटाइएका भिडियोमध्ये १७ करोड ८० लाख १४ हजार एक सय ५४ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत् पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८८ लाख ३८ हजार सात सय १० वटा भिडियो पुनःस्थापित गरिएको थियो । सो अवधिमा कन्टेन्ट सक्रियरूपमा हटाउने दर ९९.३ प्रतिशत पुगेको थियो भने फ्ल्याग गरिएका कन्टेन्टमध्ये ९४.४ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो । टिकटकको विश्वसनीयता कायम राख्ने प्रयासअन्तर्गत यस त्रैमासिकमा आठ करोड ६२ लाख ८८ हजार सात सय पाँचवटा फेक एकाउन्ट हटाइएका छन् । साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका दुर्ई करोड ५७ लाख ६४ हजार तीन सय ७२ वटा एकाउन्ट पनि हटाइएको छ ।
प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणाली निरन्तर विकसित हुँदै गएको देखाएको छ । अहिले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने अधिकांश कन्टेन्ट अटोमेसन प्रविधिमार्फत् पहिचान गरी हटाइँदै आएको छ । प्रतिवेदनमा विभिन्न प्रकारका कन्टेन्टमाथिको कार्यान्वयन प्रवृत्तिबारे पनि जानकारी दिइएको छ । भिडियो हटाउने दर ०.५ प्रतिशतमा स्थिर रहँदा कमेन्ट हटाउने दर घट्दै करिब ०.२ प्रतिशतमा पुगेको छ ।
यसैबीच टिकटक लाइभमा हुने गतिविधिमाथिको निगरानी थप कडा बनाइएको टिकटकले जनाएको छ । लाइभ प्रसारण सस्पेन्सन दर बढेर २.७ प्रतिशत पुगेको छ, जुन हालसम्मकै उच्च हो । जसले प्रत्यक्ष प्रसारणका क्रममा पनि सुरक्षित वातावरण कायम राख्न टिकटकले गरेको निरन्तर लगानीलाई प्रतिबिम्बित गर्छ । सो अवधिमा टिकटकले पाँच करोड ८२ लाख सात हजार तीन सय ८९ लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरिएको जनाएको छ । साथै दुई करोड १९ लाख ६६ हजार छ सय ६७ जना लाइभ क्रियटरमाथि पनि त्यस्तै कारबाही गरिएको थियो । थप समीक्षापछि ४१ लाख ७१ हजार छ सय ७७ वटा लाइभ सेसन पुनःस्थापित गरिएको थियो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर