काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३४० मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुन रु दुई लाख ८७ हजार १०० र चाँदी रु चार हजार ५०० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर