काठमाडौं । मिटरब्याज पीडितहरू न्यायको माग गर्दै जनकपुरबाट पैदल हिँडेको ‘न्याय मार्च’ दोस्रो दिन धनुषाको ढल्केबर पुगेको छ ।
किसान-मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको पैदल यात्रा बिहीबार जनकपुरधामको तिरहुतियागाछीबाट सुरु भएको हो । सरकारलाई मिटरब्याज पीडितका मागप्रति गम्भीर बनाउन दबाब दिने उद्देश्यले उनीहरू संघीय राजधानी काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका छन् ।
मार्चमा सहभागी पीडितहरू शुक्रबार बिहान ढल्केबर पुगेका हुन् । उनीहरू आज धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अघि बढिरहेका छन्।
आयोजकका अनुसार पैदल यात्रा करिब एक सातामा काठमाडौं पुग्नेछ ।
मिटरब्याज पीडितहरूले सरकारले यसअघि चार पटक सहमति गरे पनि कुनै पनि सहमति प्रभावकारी रूपमा कार्यान्वयन नगरेकाले पुनः दबाब दिन काठमाडौंसम्म पैदल यात्रा गर्न बाध्य भएको बताएका छन् । उनीहरूले मिटरब्याजबाट पीडित किसान तथा सर्वसाधारणलाई न्याय दिलाउन सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर