काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईकाअनुसार वीर अस्पतालमा उपचाररत नेपालीलाई शुक्रबार बिहान करिब ११:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पतालमा भर्ना गरेको थियो ।
उपचारकै क्रममा शुक्रबार उनको निधन भएको प्रहरीले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर