काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ माकलबारी क्षेत्रमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार बिहान सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडीमा राखिएका दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर अचानक विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट सडकमा पैदल हिँडिरहेका बागलुङका स्थायी बासिन्दा तथा हाल गोकर्णेश्वर-८ माकलबारीमा बसोबास गर्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर