काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि त्यसको विरोधमा शुक्रबार माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युका लागि राज्य जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
हत्यारा सरकार भन्दै सडकमा उत्रिए युवाहरु माइतीघरबाट वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा ब्यारिकेड लगाएर रोकएकाे छ ।
प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो’, ‘राज्य आतंक मुर्दावाद’, ‘बालेन, के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?’ तथा ‘हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर