काठमाडौं । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुब्बाले मोटरसाइकल पार्किङ गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरिएपछि चरम मानसिक तनावमा परेर गणेश नेपालीले आत्मदाहको प्रयास गरेको भन्ने आफन्तको दाबी उल्लेख गर्दै सरकारले यस घटनाको नैतिक र राजनीतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो।
उहाँले गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको मृत्युमा मात्र सीमित नभई राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गर्नुभयो।
सांसद सुब्बाले भन्नुभयो, *“मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरी अत्यन्तै तनाव दिएको कारण आत्महत्याको निष्कर्षमा पुगेको गणेश नेपालीको आफन्तको भनाइ छ। गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्दछ। यो मृत्यु केवल एउटा व्यक्तिको मृत्यु मात्रै होइन, यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो।”*
उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्नुभयो।
यसै क्रममा सांसद सुब्बाले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति पर्याप्त रूपमा जवाफदेही हुन नसकेको आरोपसमेत लगाउँदै कार्यपालिका संसद्प्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर