काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहको मौनताप्रति प्रतिनिधिसभामा कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक थापाले एक जना युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा पनि सरकारले आवश्यक संवेदनशीलता नदेखाएको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै यस्तो दुःखद घटनामा सरकार किन मौन बसेको भन्ने प्रश्न गर्नुभयो।
उहाँले घटनापछि घाइतेको उद्धार र उपचार व्यवस्थापनमा समेत सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै राज्यले पीडितप्रति अपराधीसरह व्यवहार गरेको टिप्पणी गर्नुभयो।
प्रमुख सचेतक थापाले भन्नुभयो, “प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यका हरेक कमजोरीमाथि प्रश्न उठाउने तपाईं, आज सरकारको नेतृत्वमा हुँदा त्यसको जवाफ दिन किन पछि हटिरहनुभएको छ ?”
उहाँले आफ्नै देशमा केही गर्ने उद्देश्य राखेको एक युवाले चरम निराशामा पुगेर आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि गम्भीर आत्मसमीक्षाको विषय भएको बताउनुभयो।
थापाले सरकारले नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्नुको सट्टा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाउँदै यस्ता हृदयविदारक घटना किन दोहोरिइरहेका छन् भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो।
उहाँले राज्य नागरिकलाई सुरक्षा र भरोसा दिन असफल भएको हो कि भन्ने गम्भीर प्रश्न उठाउँदै सरकारले नागरिकको सुरक्षाका लागि प्रभावकारी र ठोस कदम चाल्न नसकेको जिकिर गर्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर