ऊ ढल्यो,
एउटा व्यक्ति मात्र ढलेन।
एउटा परिवारको खम्बा ढल्यो।
बुबा–आमाको सहारा ढल्यो।
दाजुभाइको शक्ति ढल्यो।
दिदीबहिनीको माइती ढल्यो।
सबै ढल्यो,
सिङ्गो संसार ढल्यो।
दोष जसलाई दिए पनि,
फर्केर कहिल्यै नआउने गरी
एउटा जीवन ढल्यो।
एउटा भविष्य ढल्यो।
एउटा सपना ढल्यो।
पोहोर अर्कै ढलेको थियो,
यसपालि अर्कै ढल्यो।
आउँदो वर्ष
फेरि को ढल्ने हो?
आखिर,
यो त पालैपालो दोहोरिने नियति बनेछ।
ऊ एउटा व्यक्ति मात्र होइन,
विगतदेखि राज्यले अवलम्बन गर्दै आएको
नीतिको परिणाम हो।
बिग्रँदै गएको समाजको प्रतिबिम्ब हो।
समकालीन युवापुस्ताको प्रतिनिधि हो।
अब,
समाज,
तिमी सुध्रिन्छौ कि यस्तै रहन्छौ?
जनता,
तिमीहरू आफ्नै भविष्य आफैं बनाउँछौ,
कि सधैं अरूकै आशामा बसिरहन्छौ?
तीस वर्षदेखि
मतदानका बेला दोहोरिएको
गलत निर्णय सच्याउँछौ,
कि फेरि उही गल्ती दोहोर्याउँछौ?
नेपाल बनाउँछौ,
कि विदेशतिर मात्रै आँखा लगाउँछौ?
आफ्नै डाँडापाखाको मूल्य बुझ्छौ,
कि पराइ भूमिको विकासमै
आफ्नो सपना खोजिरहन्छौ?







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर