एजेन्सी । सन् २०२६ जुलाई १९ मा न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने फिफा विश्वकपको फाइनल खेलमा इतिहासमै पहिलोपटक ‘हाफटाइम शो’ (खेलको बीचको समयमा हुने विशेष प्रस्तुति) आयोजना गरिँदैछ ।
यस ऐतिहासिक कार्यक्रममा विश्वचर्चित गायक जस्टिन बिबर पनि मुख्य कलाकारका रूपमा थपिनुभएको छ । उहाँले म्याडोना, शाकिरा र दक्षिण कोरियाली ब्याण्ड बीटीएससँगै मञ्च साझा गर्नुहुने छ ।
११ मिनेट चल्ने यस भव्य कार्यक्रममा अफ्रिकी स्टार बर्ना बोय, भेनेजुएलाका प्रसिद्ध कन्डक्टर गुस्ताभो डुडामेल, र कोल्डप्लेले पनि आफ्नो प्रस्तुति दिनुहुनेछ । यस कार्यक्रमको संयोजन कोल्डप्लेका क्रिस्टोफर मार्टिनले गरिरहनुभएकोछ ।
यो ‘हाफटाइम शो’ केवल मनोरञ्जनका लागि मात्र होइन । यसको मुख्य उद्देश्य ‘फिफा ग्लोबल सिटिजन एजुकेशन फन्ड’ का लागि १० करोड अमेरिकी डलर (१०० मिलियन डलर) जुटाउनु हो ।
यस रकमबाट विश्वभरका विपन्न बालबालिकाहरूको शिक्षा र फुटबल खेल्ने अवसरमा लगानी गरिनेछ । हालसम्म पाँच करोड डलरभन्दा बढी संकलन भइसकेको छ । विश्वकप २०२६ को प्रत्येक टिकट बिक्रीबाट एक डलर यसै कोषमा जम्मा हुने फिफाले जनाएको छ ।
बालबालिकाहरूलाई शिक्षाको सन्देश दिनका लागि विश्वविख्यात पात्रहरू ‘सेसेमी स्ट्रिट’ र ‘मपेट्स’ पनि यस शोको हिस्सा हुनेछन् ।
यस शैक्षिक कोषलाई व्यवस्थित गर्न फिफाले एउटा उच्चस्तरीय सल्लाहकार समिति बनाएको छ । जसमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो, गायिका शाकिरा, अभिनेता ह्यु ज्याकम्यान, अमेरिकी उद्यमी इभान्का ट्रम्प, टेनिस सुन्दरी सेरेना विलियम्स र फुटबल लेजेन्ड काका जस्ता हस्तीहरू रहनुभएको छ ।







चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको