काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा मुख्य कलाकार दिल श्रेष्ठसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठलाई विवाहपूर्वको हल्दी समारोहमा देखाइएको छ । पारिवारिक परिवेश झल्काउने पोष्टरले चलचित्र पारिवारिक ड्रामा रहेको संकेत गरेको छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा छ । आठ वर्षपछि निर्देशनमा फर्किनुभएकी रेखाको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गीलगायत कलाकारको अभिनय छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर