काठमाडौं । गीतकार तथा गजलकार विदुर तिमल्सिना ‘देवदूत’को नयाँ नेपाली सुगम गीत ‘कतै देखिँदैनौ’ सार्वजनिक भएको छ । ‘देवदूत क्रियसन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले ईश्वरको अस्तित्व, धर्म, इमान्दार मानिसमाथि हुने अन्याय र सामाजिक विसंगतिप्रति संवेदनशील प्रश्न उठाएको छ ।
गीतमा गायक तथा संगीतकार राज सागरको स्वर र संगीत रहेको छ भने संगीत संयोजन राजन इशानले गर्नुभएको छ । ध्वनि मिश्रण तथा मास्टरिङ प्रकाश मिश्रले गर्नुभएको हो । गीतमा अनन्त प्रजापति (तबला), यतिराज अधिकारी (भायोलिन), रोहि भाट (बाँसुरी), सञ्जीव गौतम (रिदम गितार) र अविस सुन्दास (बास गितार)को वादन रहेको छ।
लाइमलाइट नेपालको ब्यानरमा निर्माण गरिएको भिडियोको छायांकन रामकुमार केसीले गर्नुभएको हो हुन् भने सम्पादन टेकेन्द्र शाहले गर्नुभएको छ । शब्द, संगीत, गायन र दृश्य प्रस्तुतिका कारण गीतले सार्वजनिक भएको छोटो समयमै संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर