विपनको प्रतिरूप म सामन्त काङ्ग्रेसी आश्रयमा विद्रोहको ज्वाला ओकलेर ओमबहालबाट क्षेत्रपाटी आएँ जहाँ पच्चीसजना शेर्पा समूहको दासता नस्वीकारी गन्तव्य पुग्दिनथेँ । संयोग पनि अचम्मको । पच्चीसजनाको यो विशाल समूहमा म एकजनामात्र काङ्ग्रेसी अन्य चौबीसजना साम्यवादी त के भनौँ कम्युनिष्ट समूह जसले समानताका नाममा मान्छेलाई लोभ्याएको छ, आँखामा छारो हालेको छ । मान्छे न हो एकदिन तरकारीमा नुन कम भएछ । सधैँ पढ्न अल्छी लागेपछि भान्सामा आएर चाख्थे उनी । त्यसदिन पनि चाखे । कसका बाबुको रिस तिनका शिरमा चढेको थियो थाहा छैन । यस्तो बजाए, त्यो चोट विपनको सर्वस्व प्रकृतिले चुँडेर लैजाँदाभन्दा कम थिएन मलाई ।
विपन, बिमला, शान्ता र रामप्रसाद नामक पात्रका अघिल्ला वर्णलाई मिलाएर बनाइएको शीर्षक हो-विविशारा । विपन अर्थात् म अझ अर्थात् कले ठक्कराउँदै दास बन्न विवश ठाउँहरू ओमबहाल, बागबजार जसलाई त्यसबेला अर्कै अर्थमा बुझिन्थ्यो-यौन खेल शान्त पार्ने महत्त्वपूर्ण अघोषित रेडलाइट एरिया जस्तै जसको भूमिकामा अहिले ठमेल छ-प्रकृति र पुरुषको उन्माद शान्तिस्थल अनि क्षेत्रपाटी ।
अन्तर दुःखाइको चर्को आवाज चिच्याएको अझ चर्को आवाजले भान्साकै छेउमा कोठा भएका काङ्ग्रेसीका कानलाई बनाएछन् आगाका फिलिङ्गा । कुट्ने कम्युनिस्ट थिए, छन् अहिले पनि त्यसैले नामोल्लेख गर्न मिलेन । हठात उनी आएर कुट्ने कम्युनिष्ट मित्रलाई यति बजाए शेर्पा दाजैको सच्चा झोक त्यहाँ आफ्नै आँखाले देख्नेमात्र होइन उल्टो भान्से बाहुन मैले छुट्याउनु पर्यो । यहाँ कम्युनिष्टको कुटाइ उता काङ्ग्रेसको कुटाइ । फेरि बागबजारमा दासताको जीवन जिउँदाका रमाइला घटना छन् । नारायण भट्टराई जो अब यस संसारमा छैनन्, तोयानाथ भट्टराई जो कवि पनि हुन् । जमात ठूलै थियो यहाँ पनि लग्भग पन्ध्रजना, सबै कम्युनिष्ट बझाङ्का एकजना अर्जुनबाहेक ।
यहाँका कम्युनिष्टहरू आँखामा राखे पनि नबिझाउने । त्यसैले मान्छे हुन विचार होइन मन चाहिने रहेछ । विपन यसै भुमरीमा घुम्दैछ तर निकै माथिल्लो सतहमा यसभन्दा । यस वैचारिक पाटोबाट अबका संस्करणमा छविको बुद्धि खुल्यो भने यस उपन्यासमा अभावको अर्को पाटो थपिने अपेक्षा गरौँ । संयोगको अर्को नाम हो-सिर्जना । संसारको सबैभन्दा सुन्दर सृष्टिको अर्को नाम पनि हो-सिर्जना । अन्य सम्पूर्ण विधा वा क्षेत्रले आफूले टेकेको ठाउँ भत्काउँछन्, बिगार्छन्, ध्वस्त पार्छन्-पदचाप र उसको आफ्नो छापसमेत मेटिने गरी । सिर्जनामात्र यस्तो विधा वा क्षेत्र हो जसले सक्षम भए धेरै, कम सक्षम भए पनि उसले घटाउँदैन बरू केही न केही थप्छ, सपार्छ, कम बढी जति भए पनि सिँढी निर्माण गर्छ ।
यो नै यसको नितान्त नवीनतम् उत्साहजनक प्राप्ति हो । यसलाई पनि बजारिया बिकाउ साधनका रूपमा प्रयोग गरियो भने सिर्जना इतर बकरेको मासुपसल बन्नपुग्छ यो । जस्तै पैसाका लागि लेखिने यौनिक शृङ्गारिक सिर्जनाहरू । अर्को कसैका प्रयोजनमा समूह बनाएर स्थलगत लेखिने सिर्जनात्मक उपहार कविता हुन् वा आख्यानहरू । यिनीहरू पैसा हात नपरुन्जेलका व्यापारिक धन्दामात्रमा सीमित रहन्छन् । यसलाई बजारका व्यापार बनाउने स्रष्टा पनि बकरेझैँ पसलबाट निस्किनासाथ सकिन्छन् । समाप्त हुन्छन् । नेपाली सिर्जन संसारका देशीविदेशी संस्था अनि व्यक्ति वा समूहगत रूपमा यस्ता खेतीका खेतालाहरू थिए, सकिए । छन्, सकिन्छन् । हुने छन्, सकिने छन् । यस अलग् आख्यानजगत्मा देखापरेको पछिल्लो पटकको एक कृति हो-विविशारा ।
विपन, बिमला, शान्ता र रामप्रसाद नामक पात्रका अघिल्ला वर्णलाई मिलाएर बनाइएको शीर्षक हो-विविशारा । विपन अर्थात् म अझ अर्थात् कले ठक्कराउँदै दास बन्न विवश ठाउँहरू ओमबहाल, बागबजार जसलाई त्यसबेला अर्कै अर्थमा बुझिन्थ्यो-यौन खेल शान्त पार्ने महत्त्वपूर्ण अघोषित रेडलाइट एरियाजस्तै जसको भूमिकामा अहिले ठमेल छ-प्रकृति र पुरुषको उन्माद शान्तिस्थल अनि क्षेत्रपाटी । रामप्रसादको घर थाहा छैन कुन ठाउँ हो तर लेखकसँगका कुराकानीका आधारमा गङ्गबु हुँदै नेपालटारसम्मको क्षेत्र हुनुपर्दछ जहाँ विपनले आश्रय लिएर भविष्य निर्माणको गोरेटो खन्दैछ । उपन्यासकार छवि घिमिरे वैरागीले विपनलाई रामप्रसादकै घरमा उनकै छोरी द्वय-शान्ता र बिमलालाई चुम्बकीय यौनऊर्जाको केन्द्र बनाएका छन् जसलाई व्यवहारमा ल्याउन नसक्ने कायर विपन हरपल उनीहरूकै सम्झनामा मनोद्वेग खर्च गरिरहेको हुन्छ ।
यता कले भानु माध्यमिक विद्यालयको कक्षा जसमा छयासीजना विद्यार्थीको ठूलो समूह थियो । अध्ययनमा कमजोर, आँखा जुधाइमा माहिर ।
विवशता पनि हो उनीहरूको । कक्षा उत्तीर्ण गर्ने मन छ सक्ने क्षमता छैन । शायद विपन रूप कले यसबेला क्षेत्रपाटीमा बस्थ्यो पच्चीसजना शेर्पाहरूको दास बनेर । यसमा अचम्मको चलन थियो मध्य दिउँसो राँगाको मासु र तीनपाने कोदाको रक्सी उनीहरूको कोठाकोठामा पुग्नैपर्थ्यो–विपनले ठीक समयमा फूल गोड्नै पर्ने भएझैँ । विद्यालयको दिउँसो आधा घण्टाको फुर्सदको घण्टी लाग्नासाथ दौडेर त्यहाँ पुग्नैपर्थ्यो र त्यो काम गर्नैपर्थ्यो म कलेले । कलेलाई यसको भरपूर फाइदा नकारात्मक मनोविज्ञान निर्मितिले बनायो । परिणामस्वरूप निकै ठूल्ठूला समूहगत आक्रमण हुँदा पनि यी दुई चिजको स्वाद कलेको जिब्रोले पाएन जसरी बिमलाको कारण विपन ड्रगिष्ट हुनबाट बच्यो ।
कले मालिकहरूका कोठामा मासु-रक्सी खुवाउन पुग्नुअघि नै पाँचवटी शान्ता, बिमलाहरू क्षेत्रपाटीको त्यस ढोकामा कपीको दरो मुठो लिएर पुगिसकेका हुन्थे । मैले नभ्याएका सम्पूर्ण भान्साका कामसमेत उनीहरुले सघाइदिन्थे । यो कुरा विद्यालयका सम्पूर्ण गुरुहरूलाई थाहा थियो र नै ढिला भए पनि म कहिल्यै दण्डित हुन्नथेँ । बिमला, शान्ताका यी रूप सम्पूर्ण मेरा प्रकृति साथीहरूका कपी मेरा भान्साकोठामा रहेका ओछ्यानका सिरानमा वा डस्नामुनि हुन्थे । एक रात तिनीहरू त्यहीँ आराम गर्थे । रातभर भएर भए पनि म सबै कक्षाकाम गरी सकेर भोलिपल्ट स्कुल आउँदा लिएर उनीहरूलाई दिने मेरो नियमित कामजस्तो भएको थियो । बिमलाको ड्रगिष्ट स्वभाव र अघोषित रेडलाइट एरियाको कोठी पुरुष मसाजको महक नपाएको दिन जन्मिने छट्पटी जस्तै ।
शान्ता, बिमला मेरा तिनै नारी मित्राणी हुन् जसमा असङ्ख्य कुत्कुती थिए, अप्राप्तिका कुण्ठाहरू थिए, पाउने आशाका छट्पटीहरू थिए । गृहकार्य उनीहरूका बाध्यता थिए । इच्छा अनेकौँ अरू थिएजस्तो यस उपन्यासमा बाहिर स्वच्छ हावा खाई घुमेर आउने बिमलाको मन चाहिँ कृत्रिम लतको मनोवैज्ञानिक बहाना थियो ।
शान्ता, बिमला मेरा तिनै नारी मित्राणी हुन् जसमा असङ्ख्य कुत्कुती थिए, अप्राप्तिका कुण्ठाहरू थिए, पाउने आशाका छट्पटीहरू थिए । गृहकार्य उनीहरूका बाध्यता थिए । इच्छा अनेकौँ अरू थिएजस्तो यस उपन्यासमा बाहिर स्वच्छ हावा खाई घुमेर आउने बिमलाको मन चाहिँ कृत्रिम लतको मनोवैज्ञानिक बहाना थियो । बिमलाले बाहिर को कोसँग के के गरी लेखक छविलाई राम्ररी थाहा छ उनले लुकाए आफू फस्छु भनेर । मैले मेरा कोठामा आउने नारी मित्राणीहरू जो अनेकौँ चाहना भएर पनि एउटा गृहकार्यको तृष्णा मेटेर जान्थे । एउटीले मुख खोलेरै पनि व्यक्त भइन् लामो जीवनसँगै जिउने अभिव्यक्तिमा । यिनीहरूका नाम थाहा भएर पनि म खोल्न सक्दिन ।
कारण सबै आ-आफ्ना क्षेत्रमा पारिवारिक रमाइलो वातावरणभित्र हाँसीखुसी रहेका छन् । नराम्रो थिएन, खोल्दा पनि फरक पर्थेन । अझ उनीहरू त नाम देखेर खुशी पनि हुन्थे होलान् तर परिवारको मनोविज्ञान के हुन्छ ? के थाहा पुरुषजस्तो निकम्मा शङ्कालु जनावरलाई ? बिमलाको लतबाट कुलतमा पुग्दै समाप्त भएको शरीर त शायद विद्यमान विश्वको नारी समस्याको सिङ्गो प्रतीक हो । अझ बुर्कावाला मुस्लिम पुरुषले जति बढी स्वास्नी थुपार्यो त्यति महान् ठहरिने, नारीले चाहिँ बुर्काभित्रैबाट पुरुषको शिरमा आँखाले स्पर्श गर्नासाथ ढुङ्गा हानेर मारिनुपर्ने । कस्तो बिडम्बना । अझ बाबुआमाका इशारामा नाच्नुपर्ने । आफू धनी भए ज्वाइँ उस्तै धनी चाहिने । आफू पढालेखा भए ऊ उस्तै चाहिने । के धन, बुद्धि र यौन समान अस्तित्वका हुन् ?
त्यसो हो भने मन्त्रीका स्वास्नी किन ड्राइभरसँग पोइला जान्छन् ? अरबपति बाबुआमाका छोरीहरू खरबपतिका छोरासँग कुरा छिनिसकेपछि उसलाई हनिमुनको बहाना बनाएर एकान्त स्थल भिखारी प्रेमीको सहयोगबाट समाप्त किन गर्छन् ? के उनीहरूलाई थाहा छैन र कानुनले ढिलोचाँडो जतिबेला पनि पक्रिन्छ र आफू जेल परिन्छ भन्ने ? तैपनि यो काम किन अझ धनीमानी, धर्मभिरु, नैतिकताका सूत्र कण्ठ गर्ने परम्पराको पाखण्ड डोबबाट एक इञ्च पाइला यताउता नसार्ने नै यसमा अगाडि किन हुन्छन् ?
समाज, घरपरिवार, देशकै पाखण्ड शासकहरूमा मनोचेतनाको विकास नभएकाले होइन र ? यसकै उपज वा ज्वलन्त उदाहरण होइन र धनी तर गोठाले चेतना नाँघ्न नसकेका राधा रामप्रसादकी पुत्रीको यो हविगत हुनु ? धन हेरेको भए उसलाई नपुग्दो के थियो ? सुख, चयन, मोजमस्ती, आराम तर यी सबैभन्दा माथिल्लो प्राणीमात्रको एकमात्र अजीव शक्ति जसलाई रोक्न कसैका बाबुको काबुमा छैन भन्ने कुराकी विश्व नमुना होइन र बिमला ?






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर