बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय उत्तम थारु रहेका छन्। शुक्रबार घरनजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर गम्भीर घाइते भएका थिए।
घटनापछि बालकलाई तत्काल उपचारका लागि मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर