कालीकाेट । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा भएको फाेर्स गाडी दुर्घटनाका चालक तुलाराम सुवेदीको शव नौ दिनपछि फेला परेको छ ।
शनिबार बिहान अछामको तुर्माखाँद गाउँपालिका–२ स्थित जमगडामा कर्णाली नदी किनारमा शव देखेपछि स्थानीय दीपेशबहादुर शाहीले प्रहरीलाई खबर गरेका गर्नुभएको थियो । त्यसपछि रहफ प्रहरी चौकी, अछाम, प्रहरी चौकी डाँडाछाप्रे तथा इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनास्थलमा गरिएको अनुसन्धानपछि शव पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी ३० वर्षीय चालक तुलाराम सुवेदीको रहेको पुष्टि भएको हो । उहाँका बुबा डण्डपाणि सुवेदीले शवको पहिचान गरी बुझ्नुभएकाे हाे ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि सुर्खेत ल्याउने तयारी गरेको जनाएको छ ।
असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेताडा क्षेत्रमा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाका बेला गाडीमा पाँच जना सवार थिए । दुर्घटनालगत्तै कालीकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जाेखे तिरुवा भीरमा अड्किएको अवस्थामा उद्धार गरिए पनि दुल्लु अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
त्यसपछि नदीमा बेपत्ता भएका कालीकोटको पचालझरना गाउँपालिका–९ निवासी मेगे तिरुवाको शव गत सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा फेला परेको थियो । यस्तै, कालीकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ को डङ्डगे क्षेत्रमा भेटिएको थियो ।
चालक तुलाराम सुवेदीको शव फेला परे सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । यद्यपि, चालकका भाइ तथा सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन् । दुर्घटनाग्रस्त गाडीको पनि अहिलेसम्म अवस्था खुल्न सकेको छैन ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कर्णाली नदीमा बेपत्ता सहचालक तथा गाडीको खोजी कार्य निरन्तर जारी राखेको प्रहरीले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर