काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ११२औँ मिनेटमा जे. लोपेजको पासमा जुलियन अल्भारेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाउनुभयाे ।
त्यसपछि खेलको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गर्नुभयाे । उहाँको गोलसँगै अर्जेन्टिनाले ३–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्यो ।
यसअघि खेलको १०औँ मिनेटमा कप्तान लियोनेल मेसीको उत्कृष्ट पासलाई एलेक्सिस म्याक एलिस्टरले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाउनुभएकाे थियाे । पहिलो हाफ १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ६७औँ मिनेटमा रिकार्डो रोड्रिगेजको पासमा डान न्डोएले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउनुभयाे । त्यसपछि स्विट्जरल्यान्डले अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो ।
तर ७२औँ मिनेटमा स्विट्जरल्यान्डलाई ठूलो झट्का लाग्यो । टोलीका मुख्य फरवार्ड ब्रिल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुभयाे । त्यससँगै स्विट्जरल्यान्ड बाँकी खेल १० खेलाडीमा सीमित भयो ।
एक खेलाडी बढी भएर खेले पनि अर्जेन्टिनाले निर्धारित समयमा विजयी गोल निकाल्न सकेन। यद्यपि अतिरिक्त समयमा अल्भारेज र मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाउनुभयाे ।
यस जितसँगै अर्जेन्टिना उपाधि यात्रामा अर्को महत्वपूर्ण चरण पार गर्दै सेमिफाइनलमा पुगेको छ भने स्विट्जरल्यान्डको विश्वकप यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर