काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार झापाबाट काठमाडौं आइपुग्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। यद्यपि, उहाँलाई प्रहरी हिरासतमा भने नराखी भक्तपुरस्थित निवाससम्म पुर्याएर छाडिएको प्रहरीले जनाएको छ।
प्रसाईं झापाबाट काठमाडौं फर्कनुभएको थियो। उहाँ काठमाडौं–झापा नियमित ओहोरदोहोर गर्दै आउनुभएको छ। यसअघि उहाँ विमानस्थलमा आइपुग्दा प्रतिक्रिया लिन युट्युबर तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति हुने गरेको थियो।
आइतबार भने प्रहरीले विमानस्थलको निषेधित क्षेत्रमा सञ्चारकर्मी र युट्युबरहरूलाई प्रवेश गर्न नदिई गोल्डेन गेटमै रोकेको थियो। त्यसपछि प्रसाईंलाई विमानस्थलबाट प्रहरीको सवारीमा बाहिर निकालिएको थियो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार प्रसाईंलाई विमानस्थलमा सार्वजनिक अभिव्यक्ति दिन नदिने उद्देश्यले नियन्त्रणमा लिइएको हो।
नेपाल प्रेससँग कुरा गर्दै उहाँले विमानस्थल निषेधित क्षेत्र भएकाले त्यहाँ पत्रकारसँग प्रतिक्रिया दिन अनुमति नहुने भएकाले प्रसाईंलाई सञ्चारकर्मीसँग भेट्न नदिइएको र त्यसपछि उहाँलाई भक्तपुरस्थित निवाससम्म पुर्याएर छाडिएको जानकारी दिनुभयो।
प्रहरीले यस घटनाबारे थप औपचारिक विवरण सार्वजनिक गरेको छैन।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर