काठमाडौं । झापाबाट हवाईमार्ग हुँदै काठमाडौं आइपुगेका दुर्गा प्रसाईंलाई कडा सुरक्षा व्यवस्थाबीच काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईको सरकारी गाडीमा राखेर घरसम्म पुर्याइएको छ।
विमानस्थल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निषेधित क्षेत्र भएकाले सम्भावित विरोध प्रदर्शन तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रसाईंलाई प्रहरीको सुरक्षा व्यवस्थासहित बाहिर निकालिएको जनाएको छ।
प्रहरीका अनुसार विमानस्थल परिसरमा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा अपनाइएको थियो। विमानस्थलको मुख्य प्रवेशद्वारबाट पत्रकार तथा प्रसाईंका समर्थकहरूलाई प्रवेश गर्न दिइएको थिएन। भित्र पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।
प्रसाईंलाई विमानस्थलबाट सिधै एसपी पवन भट्टराईको गाडीमा राखेर उनको निवाससम्म पुर्याइएको प्रहरीले जनाएको छ। सुरक्षा निकायले यसलाई नियमित सुरक्षा व्यवस्थाअन्तर्गतको कदम भएको बताएको छ।
यस घटनाका कारण केही समय विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको थियो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर