काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विगतमा गरेको सार्वजनिक प्रतिबद्धतामाथि प्रश्न उठाउनु भएकाे छ ।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता आङ्देम्बेले जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीको वाचा कार्यान्वयन नभएको टिप्पणी गर्नुभएकाे हाे ।
उहाँले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि सरकारले सुकुम्बासी नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो।
आङ्देम्बेका अनुसार सुरक्षित आश्रयको आश्वासन पाएका नागरिक अहिले फेरि भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच जीवन बिताउन बाध्य भएका छन्। उहाँले यसलाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको उदाहरणको रूपमा व्याख्या गर्नुभएको छ।
उहाँले डुबान प्रभावित होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था बुझ्न तथा सरकारसँग जवाफ माग्न गएका युवा नेता माजिद अन्सारीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि आपत्ति जनाउनुभएको छ।
‘लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ?’ भन्दै उहाँले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रश्न उठाउने अधिकारमाथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभयो।
प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिक र युवामाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण भएको उहाँको भनाइ छ।
आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुकुम्बासी नागरिकसँग गरिएको वाचाबारे जवाफ दिन, प्रभावित परिवारको उचित व्यवस्थापन गर्न तथा सार्वजनिक प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ। साथै, इतिहासले भाषणभन्दा पनि नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए वा नभएको आधारमा मूल्याङ्कन गर्ने उल्लेख गर्नुभएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर