काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ।
बैंकले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित उद्यमलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा उपलब्ध गराइनेछ। त्यस्तै, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार कर्जा मूल्यांकनका लागि इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरिएको छ। यस प्रणालीले परम्परागत बैंकिङ अभ्यासमा जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र मूल्यांकन गर्नेछ।
बैंकले यो व्यवस्थाले धितो अभावका कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरेको छ।
कर्जा योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर